प्रसाईंलाई चौबिस घण्टाभित्र उपस्थित गराउन आदेश

०४ पुस, काठमाडाैँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बन्दीसहित उपस्थित हुन प्रहरीलाई आदेश गरेको हो ।   

साइबर क्राइम मुद्दामा जिल्ला अदालत काठमाडौँको धरौटीमा रिहा प्रसाईंलाई थप अन्य कसुरमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो । सङ्गठित अपराध र आपराधिक लाभ कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो । 

जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो । प्रसाईं मङ्सिर ४ गते पक्राउ पर्नुभएको थियो ।   

You May Also Like

More From Author

+ There are no comments

Add yours