ग्रिन डेभलपमेन्ट बैंकले लाभांश दिने, कति पाइन्छ ?

०३ पुस, काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको २ पुसमा बसेको २१९औं बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो ।

बैंकका अनुसार गत आवको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस दिने घोषणा गरेको हो । यो भनेको ३ करोड ९ लाख ७६ हजार ५ सय १५ रुपैयाँ बराबर बोनस सेयर वितरण गरिने छ ।

सोही मुनाफाबाट कर प्रयोजनका लागि ०.३०२७ प्रतिशतले हुन आउने १६ लाख ३० हजार ७ सय ११ रुपैयाँ नगद लाभांश दिइने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours