०२ पुस, काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।
आईएमईले प्रतिसेयर १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापत १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौता अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।
+ There are no comments
Add yours