मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

०२ पुस, काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कूल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours