मंगलबार यस्तो छ सुन-चाँदीको भाउ

०२ मंसिर, काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । सोमबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५१।८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।४५ डलरमा कारोबार भइरहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours