०१ पुस, काठमाडौं । जिल्लामा अहिले महोत्सवको माहोल छ । यी मेला महोत्सवमा लोकसंगीत क्षेत्रका कलाकारको ब्यस्तता छ ।
अर्कोतर्फ, अंगे्रेजी नयाँवर्ष र क्रिसमस आउनै लाग्दा अबको दुई सातासम्म नेपालदेखि डायस्पोरा पुरै संगीतमय हुने देखिएको छ । चर्चित ब्याण्डदेखि कलाकारले क्रिसमस र सन् २०२५ लाई लक्षित गर्दै धमाधम कन्सर्टको लाइनअप सार्वजनिक गरिरहेका छन् ।
केहीले नेपालमै कन्सर्टको तयारी गरिरहेका छन् । केही डायस्पोरामा गुञ्जिने भएका छन् । घरेलु पपसंगीतका एक से एक ब्याण्ड गुञ्जिने भएपछि क्रिसमस र न्यू इयरको सांगीतिक माहोल गुल्जार हुने देखिएको छ ।
एक्स ब्याण्डले २० डिसेम्बरमा रोलिङ स्टोन्स रक बारमा लाइभ प्रस्तुति दिँदैछ । निमा रुम्बाले अमेरिकाको टेक्सासमा ३१ डिसेम्बरमा प्रस्तुति दिँदैछन् ।
मुक्ति एण्ड रिभाइभलले २४ डिसेम्बरमा सिंहासन रेस्ट्रोमा लाइभ प्रस्तुति दिने तय भएको छ । मंगोलियन हार्टले भारतको दार्जिलिङस्थित मिरिकमा ३१ डिसेम्बरमा प्रस्तुति दिने भएको छ ।
आस्था ब्याण्डले डिसेम्बर २४ मा पोखराको रोलिङ स्टोन र २८ डिसेम्बरमा काठमाडौंमा प्रस्तुति दिने तय भएको छ । साकार एण्ड एसटी म्यानले डिसेम्बर २८ देखि जापान टुर सुरु गर्दैछन् । हिरोसिमादेखि सुरु हुने उनीहरुको जापान टूर ४ जनवरीमा फुकुओकासम्म चल्नेछ ।
आनन्द कार्की र उनको ब्याण्डले वीरगञ्जनको आदर्शनगरस्थित टाउन हलमा २० डिसेम्बरमा प्रस्तुति दिनेछ । इन्दिरा जोशीले डिसेम्बर १४ देखि २१ डिसेम्बरसम्म तीन जापानी सहरमा प्रस्तुति दिने तय भएको छ ।
भिटेनले जापानकै फुकुओकामा २३ डिसेम्बरमा प्रस्तुति दिने तय छ । नवीन के भट्टराईले २४ डिसेम्बरमा एडम्स लाउन्जमा लाइभ प्रस्तुति दिँदैछन् ।
सुवानी मोक्तानले ३१ डिसेम्बरमा दुबईमा प्रस्तुति दिनेछिन् । परिवर्तन ब्याण्डले २७ डिसेम्बरमा बियर्स एण्ड चियर्समा प्रस्तुति दिने तय भएको छ । कबवेभ ब्याण्डले १ जनवरीमा काठमाडौंको टंगालवूडस्थित काम रेस्ट्रोमा प्रस्तुति दिनेछ ।
एड्रिन प्रधानले २८ डिसेम्बरमा अमेरिकाको एक्रोन सिटीमा लाइभ प्रस्तुति दिनेछन् । कुमा सागर एन्ड द ख्वप, झिल्के एण्ड द कम्पनी, एक्सिस ब्याण्डले ३१ डिसेम्बरमा सिल्भर ओक गैरीधारामा प्रस्तुति दिनेछन् ।
कुटुम्ब ब्याण्डले डिसेम्बर १९ मा दार्जिलिङको मेलो फेस्टमा प्रस्तुति दिने तय छ । चर्चित भारतीय गायक सोनु निगमनले क्रिसमस सन्दर्भमा २५ डिसेम्बरमा हायात मैदानमा प्रस्तुति दिनेछन् । एकपछि अर्को गरि चर्चित गायकगायिका र ब्याण्डले अंग्रेजी नयाँवर्ष र क्रिसमसमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम बनाइरहेका छन् ।
+ There are no comments
Add yours