एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

०१ पुस, काठमाडौं । एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको अधिकृत पूँजी २० अर्बबाट २५ अर्ब पुग्ने छ ।

११ पुस एक दिन वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज कार्य बन्द गर्ने निर्णय गरेको एनएमबी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश तथा बोनस सेयर नदिने निर्णय पनि गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours