०१ पौष, काठमाडाैँ । मिति २०८१ साल पुस १ गते सोमबार धनु ,पौष संक्रान्ति कालयुक्तनाम संवत्सर, श्रीसूर्यनारायण दक्षिणायणमा,हेमन्तऋतु ,पौषकृष्णपक्ष प्रतिपदा तिथी अपरान्ह: १ / २१ बजेसम्म त्यस उप्रान्त द्वितिया तिथी आरम्भ,आर्द्रा नक्षत्र ,शुल योग ,तैतिल करण ,यो दिन प्रात: ७ / २० बजे पछि श्रीसूर्य : वृश्चिक राशीबाट धनु राशीमा प्रवेश गर्नुहुनेछ।
यो महिनाको देवताको नाम नारायण ,देवीको नाम लक्ष्मी ,सूर्यको नाम विष्णु हो।यो महिनामा धनु राशिमा सूर्य ,मिथुन राशिमा चन्द्रमा र वृष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।
सहस्रशीर्षं देवं विश्वाक्षं विश्वशम्भुवम् ।
विश्वं नारायणं देवमक्षरं परमं प्रभुम् ॥
यो दिनबाट धनुर्मास आरम्भ हुने भएकोले गोदा माताको पूजा ,पाठ,स्तुति गर्नु परम कल्याण हुने छ।
नीलातुङ्गस्तनगिरितटे सुप्तमुद्वोध्य कृष्णं
पाराथ्र्य स्वं श्रुतिशतश्शिरःसिद्धमध्यापयन्ती ।
स्वोच्छिष्टायां स्रजिनिगलितां या बलात्कृत्य भुङ्क्ते
गोदा तस्यै नम इदमिदं भूय एवास्तु भूयः ।। ॥ जय जय श्रीमन्नारायण॥
कर्कटे पूर्व फाल्गुन्यां तुलसी काननोद्भवाम्
पाण्ड्ये विश्वाम्भरांदेवी वन्दे श्रीरंगनायकीम्।।
पं बालमुकुन्द देवकोटा
+ There are no comments
Add yours