टीआरसी आयोगको पदाधिकारी सिफारिस गर्न सर्च कमिटीको बैठक बस्दै

३० मंसिर, काठमाडौं । संक्रममणकालीन न्याय सम्बन्धी आयोगका लागि नाम सिफारिस गर्न गठित समिति (सर्च कमिटी)को बैठक बस्दैछ । सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार बैठक आइतबार साँझ पाँच बजेका लागि बोलाइएको छ ।

सर्च कमिटीले आयोगको अध्यक्षका लागि सिफारिसमा परेका आठ जनाको अन्तर्वार्ता लिइसकेको छ । दुई दिन लगाएर अन्तर्वार्ता सकिएलगत्तै (सर्च कमिटी)को बैठक बस्न लागेको हो ।

अन्तर्वार्तामा दुई आयोग (सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग) मध्ये कुन आयोगमा रहने भनेर पनि सोधिएको छ ।

यसलाई समेत सिफारिसमा एउटा आधार मानिने बताइएको छ ।

दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा परेकाहरूमा डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदिप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन् ।

सर्च कमिटीको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र छन् ।

मिश्र नेतृत्वको सिफारिस समितिमा खातीसहित मनोज दुवाडी, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours