शम्भु पौडेल
३० मंसिर, काठमाडौँ।
फेरि बसन्त आउने छ
🌹🌹🌹🌹🌹
चिसिँदो छ दिनदिनै मौसम
चिसिँदा छ्न जुईनाहरु
छोड्दै छ्न बृक्षलाइ आफ्नैले
झर्दैछ्न सब पतिकाहरु !
न्याँनो बसन्तका बहारमा
फक्रेका ती कलिला पालुवाहरु
सकेन चुडाउन जेठको हुरीले
शरद सम्झेर समालिई रहें
मेघ गर्जिन्थ्यो बमझै आवाजमा
बिजुली चम्किन्थो तर्साउदै
र पनि ..
झेल्दै मुसलधारे बर्षा
सहदैं राफिलो तिब्र गर्मी
तप्प तप्प पानीका थोपासङै
म संगीत भर्दै सुसेलीं रहे !
शरदको हरियालीमा रम्दैं
गम्किएर सबैतिर हेरेँ
नियाल्दै भरीला खोला हरिया पाहाड
लटरम्म फलेका फलको वास्ना लिदैँ
लहराएका बालीहरु संग झुल्दै
चाड पर्वमा रमाएका मान्छेका
नयनलाई खुशी दिलाउन तल्लिन रहेँ ।
समय न हो …
शिरको बादलको घुम्टो हटाएर
जब हिमाल स्फटिकझै देखिए
न्यानो तापले ढाड्स दिने सुर्य
निमेष र मिनेट हुँदै टाढा भयो
जरामा सिंचित गराउने मेघ हरायो ।
सधै छ्हारी दिएर मत्याएको आकाशले
सित बर्साउदै चिस्याउन थाल्यो
बयली खेल्न सघाउने त्यहीँ हावाले
सिरेटो बनेर मेरो पहेँलीएका
कमजोर शरीरमा हिर्काइ रह्यो ।
म सहरा खोज्न अतालिएर चिच्याएँ
पतेरोले छियाछिया परेको प्वालबाट
मेरो आवाज निस्कन सकेन ।
हाँगालाइ गुहारेर अठ्याउन खोजे
उसले पनि हात नदिइ चुपचाप रह्यो ।
दायाँ बायाँ हेरे हाँगाहरु नाङ्गै छ्न्
सबै रुखबाट पातहरु झर्दै छ्न
डरले फेद तिर हेर्दा संगीहरु
पतकर बनेरआपसमा थुप्रदैँ छ्न ।
सोचेँ अब म झर्नै पर्नेछ
खपेर यो चिसो हेमन्तको पिडा
शिसिरमा आँकुंराउदै बसन्तमा
बृक्षमा पालुवाहरु पलाउने छ ।
फेरि बसन्त आउनेनै छ …..
+ There are no comments
Add yours