३० मंसिर, काठमाडौं । काभा मेन्स क्लब भलिबल च्याम्पियनसिपको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबको समन्वयमा प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीलाई क्लबका प्रायोजकले नगदसहित सम्मान गरेको छ ।
हेल्प नेपालको सह प्रायोजक समेत रहेको एभरेष्ट हर्ब्स प्रालिका संचालक विक्की गोएन्काले हेल्प नेपालका ५ खेलाडी तथा उपाधि विजेता क्यालीकट हिरोजका २ सहित कुल ७ खेलाडीलाई जनही ५१ हजार रुपैयाँले सम्मान गरे । फाइनलकै साँझ क्लबको आयोजनामा भएको एक कार्यक्रममाझ खेलाडीलाई सम्मान गरिएको हो ।
हेल्प नेपालका रविन चन्द, विनोद चन्द र सफल विकसँगै पाकिस्तानी खेलाडीद्वय मुबसर राजा र माझर अलीलाई गोएन्काले जनही ५१ हजार रुपैयाँले सम्मान गरेका हुन् । क्यालिकटका स्पाइकर विनित कुमार र मुथु अप्पवुलाई पनि उनले जनही ५१ हजार रुपैयाँले सम्मान गरे ।
हेल्प नेपालले उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडीको पारिश्रमिक वितरण गरेको थियो । सँगसँगै क्लबको ऐतिहासिक अन्तर्राष्ट्रिय सहभागितामा सहकार्य गरेका सम्पूर्ण प्रायोजकलाई पनि मायाको चिनो प्रदान गरिएको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए ।
+ There are no comments
Add yours