३० मंसिर, काठमाडौं । नेपाली बजारमा नयाँ चिनियाँ बिजुली गाडी भित्रिएको छ । सौर्य अटोमोबाइल्सले जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) को प्रिमियम गाडी जीएसई (GSE) भित्र्याएको हो ।
सन् २०१५ मा स्थापना भएको यस कम्पनी चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पुरानाो कम्पनी हो । कम्पनीका अनुसार ग्राउन्ड क्लियरन्स १७० मिलिमिटर रहेकाले यो गाडी नेपालको भूगोल सुहाउँदो रहेको छ ।
गाडीलाई एक पटकको चार्जमा ४२० किलोमिटरसम्म गुडाउन सकिने दाबी गरिएको छ । यसैगरी ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ । गाडीमा रहेको ३६० डिग्री एभीएम भिजुअल सिस्टमले चालकलाई उत्कृष्ट सुरक्षा अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार आकर्षक, आरामदायी र उत्कृष्ट क्षमता भएको गाडी खोज्नेका लागि यो गाडी विकल्प हनेछ । नेपाली बजारमा यो गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडीको अनुभव लिन वा टेस्ट ड्राइभ बुक गर्न दरबारमार्गस्थित शोरुममा जान सकिने छ ।
+ There are no comments
Add yours