क्रिक कार्निवल : भिभोे नेपालको ७ औं वार्षिकोत्सव

२८ मंसिर, काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, “क्रिककार्निवल” को सुरुवात गरेको छ ।

यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू प्रदान गर्दछ । क्रिककार्निवल अन्तर्गत, भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिन्छ ।

अन्य रोमाञ्चक पुरस्कारहरूमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिना सम्मको विस्तारित वारेन्टी, र थप सरप्राइजहरू समावेश छन्, जसले यो उत्सवलाई साँच्चिकै अविस्मरणीय बनाउनेछ ।

भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भि७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भि ७, भिभो भि ४० सँग केवल रु. ३१,००० मा एक्सचेन्ज गर्न पाउनेछन् ।

नेपालमा स्थापना भएदेखि नै, भिभोले निरन्तर रूपमा नव प्रवर्तनकारी प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, जसले लाखौँ प्रयोगकर्ताहरूको विश्वास र प्रशंसा प्राप्त गरेको छ ।

एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनरको रूपमा, भिभोको “क्रिककर्निभल“ खेल प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई सम्मान गर्ने प्रतिबद्धता र वर्षौंदेखि देखाइएको उनीहरूको निष्ठालाई मनाउने प्रतीक हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours