शुक्रबारदेखि ‘स्पाइरडम्यान युनिभर्स’को फिल्म ‘क्राभेन द हन्टर’ रिलिज

२८ मंसिर, काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान युनिभर्स’को छैटौं फिल्म ‘क्राभेन द हन्टर’ शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको छ । मार्वल कमिक्समा आधारित यो फिल्मको प्रमुख पात्र ‘द अमेजिङ स्पाइडरम्यान’मा पहिलोपटक देखिएको थियो ।

निर्दयी बुबा निकोलाई क्राभिनोफसँगको जटिल सम्बन्धको कारण मुख्य पात्र क्राभेनलाई क्रुर नतिजाविरुद्ध बदला लिने बाटो खुला गर्छ । बदलाको यो लडाइले उसलाई संसारको सबैभन्दा ठूलो शिकारी बन्न प्रेरित गर्छ ।

मार्वलको प्रतिष्ठित खलनायकमध्ये यो पात्र कसरी बन्यो बन्ने यो एक कथामा फिल्म आधारित छ । फिल्ममा आरोन टेलर-जोनसनले क्राभेनको भूमिका निर्वाह गरेका छन् ।

क्राभेनलाई ठूलो खेल शिकारीको रूपमा चित्रण गरिएको छ जसको जीवनको लक्ष्य स्पाइडर-म्यानलाई हराएर आफूलाई संसारको सबैभन्दा ठूलो शिकारीको रूपमा प्रमाणित गर्ने हो ।

क्राभेनलाई कहिलेकाहीँ एन्टिहिरोको रूपमा चित्रण गरिएको छ । उसले स्पाइडर-म्यान, द एभेन्जर्स अफ १९५९, र द अनबिटेबल स्क्वायरल गर्ल (२०१५-२०१९) मा स्क्वायरल गर्ल सहित अन्य नायकसँग मिलेर काम गरेको छ ।

‘काभ्रेन द हन्टर’का अन्य मुख्य कलाकारमा एरियाना डेबोस, फ्रेड हेचिन्गर, अलेसेन्ड्रो निभोला र क्रिस्टोफर एबट समावेश छन् । जेसी चन्दोरद्वारा निर्देशित फिल्ममा रिचर्ड वेन्कको कथा छ । पटकथा वेन्क, आर्ट मार्कम र म्याट होलोवेको छ । शनिबारदेखि यो फिल्मलाई चीनमा समेत प्रदर्शन अनुमति दिइएको छ ।

यो फिल्मलाई सोनी स्टुडियोको पहिलो आर-रेटेड फिल्म बताइएको छ । यो फिल्मलाई सोनी र मार्वल स्टुडियोले संयुक्तरुपमा निर्माण गरेका हुन् । यस फिल्मको रनटाइम १२७ मिनेट । एडल्ट सर्टिफिकेट भएकाले नेपाली हलमा १६ वर्षभन्दा माथिका दर्शकले मात्र यो फिल्म हेर्न पाउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours