२८ मंसिर, काठमाडाैं । बिहीबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर सुन आज १२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७१२.६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२।०६ डलरमा कारोबार भइरहेको छ।
+ There are no comments
Add yours