२६ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।
अहिले वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष निर्वाचन हुन्छ र निर्वाचित व्यक्ति अर्को कार्यकाल स्वतः अध्यक्ष हुने प्रावधान छ । वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने निर्णय विशेष साधारण सभाले गरेको हो ।
महासंघमा यसअघि सोही प्रावधान रहेको थियो । २०७३ सालमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान ल्याइएको हो । सो प्रावधानका कारण तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनिन् । अब भने श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमै खुला प्रतिस्पर्धा हुने गरी विधान संशोधन गर्ने निर्णय भएको हो ।
+ There are no comments
Add yours