कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

२६ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार गर्ने भएको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा देशभरि कुमारी बैंकका एटीएम र पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ ।

यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुनेछ ।

साथै यसले व्यावसायीलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours