२५ मंसिर, काठमाडौं । कजारिया टायल्सले काठमाडौंमा ‘मेसन मिट २०२४’ सम्पन्न गरेको छ । आइतबार आयोजित उक्त मेसन मिटमा १५० जना बढी राजमिस्त्री सहभागी रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा भारतबाट प्रशिक्षक ल्याई नेपाली प्राविधिकसँग नयाँ प्रविधिबारे छलफलसमेत गरिएको थियो । कार्यक्रमको अवसरमा कजारिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले घर बनाउँदा उच्च तथा गुणस्तरीय निर्माण सामग्री छनौट गर्नुपर्ने बताए ।
राजमिस्त्रीलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्डबारे चेतना जगाउनु सो मिटको उद्देश्य रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मिटमा सहभागीहरूलाई कम्पनीको उत्पादन, प्रविधि र मूल्यबारे जानकारी गराइएको थियो ।
+ There are no comments
Add yours