२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो ।
९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।
इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानाकी फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि रहे ।
+ There are no comments
Add yours