प्रतिनिधिसभा बैठक धकेल्ने प्रयासमा सरकार रहेको सूचना पाएको छु : प्रचण्ड

२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको बताएका छन् ।

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘यो सरकारले प्रतिनिधिसभा बैठक सकेसम्म धकेल्न बल गर्दैछ भन्ने हामीलाई सूचना प्राप्त छ,’ प्रचण्डले भनेका छन् ।

साथै, उनले आवश्यक परेको खण्डमा आफूहरू विशेष अधिवेशन बोलाएर संघर्ष सुरु गर्ने पनि बताए ।

‘हामीले जरुरि पर्‍यो भने विशेष अधिवेशन बोलाएर संघर्षको सुरुवात सदनबाट गरिनेछ । एजेन्डा सेट सदनबाट गरिनेछ । ती एजेन्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीको तमाम षड्यन्त्र चकनाचुर पार्नसक्ने तागत हामीसँग छ । हामी प्रतिपक्षी जति सबैले त्यो अठोट लिएका छौं,’ प्रचण्डले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours