२४ मंसिर, काठमाडाैं । सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३७.४९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९२ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours