२३ मंसिर, काठमाडौं । विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर छ । सन् २०२५ को मध्यदेखि यो सिरिजको छायांकन हुने बेलायतस्थित निर्माता कम्पनी वार्नर ब्रोजले जनाएको छ ।
यो सिरिजका संसारभर धेरै फ्यान छन् । नयाँ सिरिज घोषणालगत्तै प्रशंसकले उत्साह व्यक्त गरेका छन् । एचबीओको हिट टिभी शृंखला ‘द ह्वाइट लोटस’को तेस्रो सिजन फेब्रुअरीमा प्रिमियर हुनेछ । त्यसको केही महिनापछि ‘द लास्ट अफ अस’को दोस्रो श्रृंखला सुरु हुने वार्नर ब्रदर्स डिस्कवरीले बिहीबार जनाएको छ ।
यसको आगामी ग्लोबल स्लेट घोषणा गर्दै एचबीओ र म्याक्स स्ट्रिमिङ सेवाका सीईओ केसी ब्लोइजले पनि बहुप्रतीक्षित ‘गेम अफ थ्रोन्स’को प्रिक्वेल ‘ए नाइट अफ द सेभेन किङ्डम’ सन् २०२५ को अन्त्यतिर रिलिज हुने जनाए ।
यसबाहेक, पहिलो ह्यारी पोटर टेलिभिजन शृंखला गत वर्ष घोषणा गरिएको थियो, जुन हाल अहिले कास्टिङको चरणमा छ । बेलायतको लिभस्डेन स्टुडियोमा सन् २०२५ को मध्यमा सिरिज छायांकन हुने ब्लोइजले बताए ।
यसका कार्यकारी निर्मातामध्ये एक हुन् लेखिका जेके रोलिङ । यो श्रृंखलालाई फिल्मबाट नयाँ कलाकार प्रस्तुत गर्ने ‘एक दशक लामो श्रृंखला’को रूपमा परिकल्पना गरिएको छ ।
अवार्ड विजेता डार्क कमेडी ‘द ह्वाइट लोटस’को छायांकन यसपटक थाइल्याण्डमा गर्ने तयारी छ । यसपटक मेगास्टार के–पप समूह ब्ल्याकपिंककी गायिका लिसा र दिग्गज हलिउड स्टार स्कट ग्लेन पनि नयाँ शोमा देखिनेछन् ।
+ There are no comments
Add yours