रक ब्यान्ड लिंकिन पार्कको पुनरागमन, धेरै एल्बम बिक्रीमा के-पपको दबदबा

२३ मंसिर, काठमाडौँ । विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन भएको छ । ब्यान्डले सात वर्षपछि पहिलो स्टुडियो एल्बमको रुपमा ‘फ्रम जिरो’ सार्वजनिक गरेको छ ।

११ गीत समेटिएको एल्बममा ब्यान्डकी नयाँ सदस्य गायिका एमिली आर्मस्ट्रङ र ड्रमर कोलिन ब्रिटनको आवाज समावेश छ । बिलबोर्ड चार्टमा यो एल्बम १२ औं स्थानको ट्रेन्डिङमा छ । स्वर्गीय गायक चेस्टर बेनिंगटन र ड्रमर रोब बोर्डना विना ब्यान्डले पहिलो एल्बम ल्याएको हो ।

वार्नर रेकर्ड्सले सार्वजनिक गरेको एल्बमका ९७ हजार प्रति बिक्री भइसकेका छन् । एल्बम रिलिज भएदेखि नै विश्व बजारमा यसको माग बढेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

बिलबोर्डले २०० शीर्ष एल्बमको सूची सार्वजनिक गरेको छ, जसमध्ये धेरै बिक्री हुने एल्बममा के–पपसँग सम्बन्धित छन् । एल्बम बिक्रीको आधारमा यो सूची तयार हुन्छ । जसअनुसार अतीज, जिन र एनहाइपेन क्रमशः १, ४ र ७ औं स्थानमा छन् ।

आठ सदस्यीय दक्षिण कोरियाली ब्यान्ड ‘अतीज’को पछिल्लो एल्बम ‘गोल्डेन आवर : पार्ट २’ धेरै एल्बम बिक्री हुने सूचीको शीर्षस्थानमा छ । यो एल्बम १ लाख ८४ हजार प्रतियुनिट बिक्री भएको छ । सन् २०२४ मा सबैभन्दा धेरै एल्बम बिक्रीको सुरुवात ब्यान्डले गरेको छ ।

बीटीएस सदस्य जिनको नयाँ एल्बम ‘एपी’ उत्कृष्ट १० भित्र छ । टपटेपमा परेको उनको यो पहिलो अवसर हो । यो एल्बम ७७ हजारप्रति बिक्री भएको छ । बीटीएसका अन्य सदस्यले ल्याएका एल्बम पनि धेरै बिक्री हुने सूचीमा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours