बिएलडिसी इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन बजारमा, केके छन् विशेषता ?

२१ मंसिर, काठमाडौं । सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ। नेपाल अधिराज्यभरी सेन्सेई ब्रान्डको समान बिक्री वितरण गर्दै आइरहेको सिजी इलेक्ट्रोनिक्सले उक्त मेसिन बजारमा ल्याएको हो ।

जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको कम्पनीको दावी छ।

विशेषताहरू

– पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि।

– BLDC इन्भर्टर मोटरस् ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी उपलब्ध।

– स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम।

– द्रुत धुलाई (Quick 15 Wash) केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर।

– ८ किलो क्षमता : ठूलो परिवारका लागि उपयुक्त।

– सेन्सेई वासिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्दछ।

– सेन्सेईको नयाँ वासिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा-कुशल बनाउन महत्वपूर्ण योगदान गर्नेछ।

वासिङ मेसिनका साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रिज़र, शोकेस, कुलर, टिभी, फ्रिजहरू नेपाली बजारमा उपलब्ध छ । 

सेन्सेईको अत्याधुनिक फ्रन्ट लोड वासिङ मेसिन नेपाल अधिराज्यभर सेन्सेइको अधिकारिक डिलर वा कम्पनी को शोरूमबाट खरिद गर्न सकिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours