नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

२१ मंसिर, काठमाडौं । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो ।

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१\८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०\८१ को अवधिमा सात करोड १२ रुपैयाँ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours