१९ मंसिर, काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतिोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको थियो। आइतबार प्रतिताेला १ हजार ६ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य साेमबार १२ सय रूपैयाँ, मंगलबार १ हजार रूपैयाँले बढेकाे थियाे ।
+ There are no comments
Add yours