बैंकहरुले घटाए कृषि कर्जा

१८ मंसिर, काठमाडौं । बैंकहरुले कृषि कर्जा घटाएका छन् । सरकारले सहुलियतपूर्ण कर्जामा दिने ब्याज अनुदान रोकेपछि त्यसको असर कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा परेको हो । चालु आवमा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रमा जाने कर्जा खुम्चिएको छ ।

पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा ०.४ प्रतिशतले खुम्चिएको छ भने निजी क्षेत्रमा जाने कर्जा २.४ प्रतिशतले बढेको छ ।

कुन आवमा कति गए कृषि कर्जा ?

आर्थिक वर्षकृषि क्षेत्रमा जाने कर्जा
(रु.दश लाखमा)
कर्जाको वृद्धिदरकृषि क्षेत्रको वृद्धिदर
२०८१/०८२४१६३०७.२-०.४ (पहिलो त्रैमाससम्म)४.२ अनुमान
२०८०/०८१४१७८७०.२०.८२.९
२०७९/०८०४१४६६१.३६.८२.८
२०७८/०७९३३८२२७.३१९.७२.४
२०७७/०७८३२४२०१.२४३.६२.९
२०७६/०७७२२५७७२.४१६.७२.७

You May Also Like

More From Author

+ There are no comments

Add yours