अमेरिकी राष्ट्रपतिको बाइडनद्वारा दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई माफी

१७ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिएका छन्।

“हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहराइयो र यो गलत हो,” राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भनेका हुन्।

‘बाइडेन जुनियर’लाई यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो र उनले कर छलीको छुट्टै मुद्दामा पनि आफ्नो दोष स्वीकार गरेका छन् तर उनले सजाय भोगेका छैनन्।

जनवरी २० मा ट्रम्पले कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका जो बाइडेनले पटक–पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आएका थिए।

“मैले न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने भनेको थिएँ र मैले मेरो छोरालाई अन्यायपूर्ण तरिकाले मुद्दा चलाएको देखेपनि आफ्नो वचन कायम राखेको छु,” राष्ट्रपति बाइडेनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours