कलिला आँखामा मोबाईल फोन–ट्याबलेटको प्रभाव

१६ मंसिर, काठमाडौँ । बच्चाबच्चीहरुले पहिला पनि चश्मा लगाउँथे भने आजकल हामी बढतै बच्चाबच्चीहरुले चश्मा लगाएको देख्छौ, कारण के होला त !! सँसारभरिका तथ्याङ्कले के देखाएको छ भने अचेल बच्चाबच्चीहरुमा चश्मा लगाउनु पर्ने समस्या पहिले भन्दा धेरै मात्रामा बढेर गएको छ र यस्तै रुपमा बढदै जाने हो भने ईश्वि सम्बत २०५० सम्ममा दुनियाको जनसँख्याको ५०% ले चश्मा लगाउनु पर्नेछ भन्ने बिषेशज्ञहरुको भनाई रहेकोछ ।

बिगत २–३ दशक यता Myopia अथवा आँखाले टाढाको राम्ररी देख्न नसक्ने समस्यामा अत्यधिक बृध्दि भएको छ । यस्तो किन भयो त ? विभिन्न देशहरुमा गरिएको अनुसन्धानमा यो पाईएको छ कि जब देखि मोबाईल फोन अझ खासगरि एन्ड्र्वाईड फोनको र ट्याबलेट/आईप्याडको प्रयोग सुरु भयो तब देखि यो समस्या झनझन बढदै गएको पाईएको छ ।

अधिकतम देशहरुमा खासगरि जब दुबै आमाबाबु काममा जान थाले तब बच्चालाई या त Daycare Centre मा राख्नु पर्यो या त घरमै बच्चा हेर्ने महिला राख्न पर्यो अनि बच्चालाई फुल्याउन प्राय सबै बच्चाको हातमा मोबाईल फोन दिने चलन बस्यो । बच्चापनि रमायो आमाबाबु पनि बच्चा राम्रै फुलियो भनेर खुसी भए तर यस्ले जुन भयावह अवस्थाको बिस्तारै श्रृजना गर्यो त्यस्को बारेमा जानकारि पाउन समय लाग्यो। बालबालिकको बिस्तारै बिकसित हुँदै गरेको आँखामा यस्को यति खराब असर भयो कि बच्चाहरुमा Myopia दिनदिनै झनझन बढदै गयो ।

हाम्रो आँखाभित्र सिलीयरि मसल नामको मसिना माँसपेशी (muscle) हुन्छन् र यीन्को प्रयोग हाम्रो आँखाले खालि नजिकको काम गर्दा मात्रै गर्छन्, अब घन्टौघन्टासम्म खासगरि पूर्ण बिकास भई नसकेको आँखाले नजिकको काम गर्दा सिलीयरि मसलको अधिक कामको कारण आँखाको आकार बढन गई Myopia को सुरुवात मात्र भएन कि दिनानुदिन बढदै गयो । Myopia यदि मामुली मात्र भए खासै चिन्ताको बिषय होईन तर दिनानुदिन बच्चाले नजिकको कुरा घन्टौंसम्म हेर्दा Myopia झनझन बढदै जान्छ त्यसैले कति उमेरको बच्चाले कति समय सम्म मोबाईल फोनको प्रयोग सुरक्षित छ यसबारे पनि निर्देशन दिईएको छ।
यसरी बच्चाले मोबाईल फोन प्रयोग गर्नेलाई Screen time भनिएको छ। त्यसैगरि बच्चाहरुको Screen time यस्तो प्रकारको हुनै पर्छ भन्ने बिषेशज्ञहरुको राय छ । Screen time उमेर अनुसार यस प्रकार हुनु पर्छ ।

१) २ बर्ष भन्दा कम उमेरका बच्चाहरुमा Screen time शून्य घन्टा,
२) २–५ बर्षका बच्चाहरुमा कोहि अभिबाबकको निगरानीमा दिनमा १ घन्टा सम्म,
३) अनि ५–१७ बर्षका बच्चाहरुको हकमा स्कूलबाट दिएको गृहकार्य (
homework) बाहेक दिनमा २ घन्टासम्म ।

अब हामी आफै सोचौं आजकलका बच्चाहरुले यो निर्देशनलाई पालना गरेका छन् त?? अनि अर्को जान्नुपर्ने तथ्य यो पनि छ कि Myopia भएकाहरुमा अन्य मान्छेको तुलनामा निम्नानुसारका आँखाका समस्या बढता हुने सँसारभरि गरिएको अनुसन्धान (चresearch) ले देखाएको छ, जो यस प्रकार छन् ।

१) जलबिन्दु (Glaucoma),
२) आँखाको पर्दाको उक्किने समस्या (Retinal detachment)
३) आँखाको म्याकुलामा खिईने समस्या (Macular degeneration)
४) मोतिबिन्दु (Cataract) ।

यी चारै वटा समस्याले मान्छे अन्धो हुन सक्छ, यस मध्ये Cataract बाट हुने अन्धोपनको शल्यक्रियाबाट सजिलो उपचार छ तर Myopia भएको मान्छेमा Cataract अत को शल्यक्रिया गर्दा अरुमा भन्दा बढता समस्या हुन सक्छ साथै शल्यक्रिया पश्चात् पनि retina मा समस्या बढता भएको सँसारभरिको तथ्यांकले देखाएको छ। Glaucoma ले गरेको अन्धोपनको कुनै उपचार छैन् साथै यदि Retinal Detachment भयो भने शल्यक्रिया गर्न सकिन्छ तर सुधार कति हुन्छ भन्न कठीन छ, त्यस्तै Macular Degeneration भएमा पनि दृष्टि सुधार धेरै गार्हो अथवा सुधार हुदै हुदैन्। यसर्थ Myopia बच्चाहरुमा बढन् नदिनतिर जोड दिन सँसारभरिका बिषेशज्ञहरुले सल्लाह दिएका छन् । मोबाईल फोन, ट्याबलेट प्रयोग सुरु हुनु अगाडि पनि करिब १०% बच्चाहरुमा Myopia भएको पाईन्थ्यो जुन कि बँशानुगत अर्थात बुवाआमालाई भएका बच्चाहरुमा अधिकतम पाईन्थ्यो भने अहिले आएर ती बच्चाहरुको साथसाथै अन्य बच्चाहरुलाई पनि अत्यधिक हुने पाईएको छ एवम् अझै बढदै जाने यथेष्ट सँकेतहरु पाईएका छन्। अब प्रश्न उठन् सक्छ, के यस्लाई रोक्ने, कम गर्ने कुनै उपाय छैन् त ?

समस्या जहाँ हुन्छ त्यहाँ उपाय पनि हुन्छ नै । माथि लेखिएको जस्तै बच्चाहरुमा Screen time मा निगरानी राख्नै पर्छ साथै बच्चा तथा ठूलाले पनि कअचभभल मा हेर्दा एक २०/२०/२० नियमको पालना गर्न सल्लाह दिईन्छ अर्थात २० मिनेट कअचभभल मा हेरे पछि कतै बाहिर २० फिट टाढा कम्तिमा २० सेकेन्डसम्म हेरिरहने। साथै कलिला उमेरका बच्चाहरूलाई हरेक दिन घर बाहिरका कृयाकलापमा, हरेक दिन ९०–१२० मिनेट गर्न जोड दिने, यस्को नतिजा एकदम राम्रो पाईएको छ तथा कतिपय पश्चिमी राष्ट्रहरुले यस्लाई बिद्यालयको पठनपाठन कृयाकलापमा सँलग्न गरि सकेका छन्। साथै ःथयउष्ब बढदै जाँदै गर्दा एक औषधीको प्रयोगले पनि राम्रो नतिजा दिएको पाईएको छ तर त्यस बारेमा यहाँ लेख्न किन उपयुक्त हुन्न भनेः नेपालमा औषधी किन्न पुर्जा चाहिन्न र त्यो औषधी सिटामोल जस्तो प्रयोग गर्न मिल्ने औषधी नभएकोले लेखिएन्। बिशेषज्ञ चिकित्सकले जाँच गरेर दिँदा मात्र प्रयोग गर्न ठीक हुन्छ ।

बास्तबमा प्रत्येक बच्चाबच्चीलाई पहिलो पटक बिद्यालयमा भर्ना गर्नु अगाडि अभिभाबकले आँखाको जाँच गराउनै पर्छ साथै प्रत्येक बिद्यालयले पनि पहिलो पटक बालबालिकालाई भर्ना गर्नु अगाडि आँखा परिक्षण भएको रिपोर्टको माग गर्नै पर्छ। यसो गर्दा यो समस्याको साथै, आँखामा थाहा नपाई हुन सक्ने अन्य समस्याहरुको पनि निदान तथा उपचार चाडैं हुन मद्दत मिल्छ ।

डा. अमर देउजा
एमबिबी एस, डिओ एम एस, एम एस
नेत्र रोग बिशेषज्ञ, जल बिन्दुमा विशेष तालिम

You May Also Like

More From Author

+ There are no comments

Add yours