१६ मंसिर, काठमाडौँ । आजदेखि पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले गएराति १२:०१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौँमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको हो ।
अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र अन्य क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ।
त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ र अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।
+ There are no comments
Add yours