के मलाइका अरोडाले नयाँ सम्बन्ध शुरु गरेकी हुन् ?

१२ मंसिर, काठमाडौँ यतिबेला बलिउडमा अभिनेत्री तथा मोडल मलाइका अरोडाप्रति आम मानिसको चासो छ ।

अभिनेता अर्जुन कपुरसँग लामो समयको प्रेम सम्बन्धमा ब्रेकअप भएपछि उनका फ्याहरुले उनको गतिविधिहरुमा चासो राख्ने गरेका छन् ।

अहिले भारतीय केही मिडिया र सामाजिक सञ्जालमा एक पुरुषसँगको उनको तस्वीर र भिडियो भाइरल भइरहेको छ । यसबाट मलाइकाले नयाँ सम्बन्ध शुरु गरेकी हुन् कि भनेर आम मानिसहरुले अड्कल बाजी लगाइरहेका छन् ।

तस्वीर र भिडियोमा देखिए अनुसार उनी उक्त पुरुषसँग निकै खुसी देखिन्छिन् भने पुरुषले उनको हात समातेका छन् । यद्यपि उक्त पुरुषको पहिचान भने खुलेको छैन ।

मलाइकाका फ्यानहरुलाई भने उनको नयाँ जीवनबारे बुझ्न निकै हतारो देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours