सामाजिक सुरक्षा कोषको उपचार सुविधा विस्तार

११ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार सुविधा बिस्तार गरेको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार सेवा विस्तार गर्ने घोषणा गरेका हुन् ।

कोषले योगदानकर्ताको अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध रहेको छ । अब भने सोभन्दा बढी १० लाख रुपैयासम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्न भएको छ ।

उता, अहिले औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत बिस्तार भएको छ । कोषले आफ्नो योगदानकर्ताका लागि विभिन्न सुविधा दिँदै आएको छ । त्यसमध्ये प्रधानमन्त्रीले मंगलबार दुई सुविधा घोषणा गरेका हुन् ।

कोषको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेका छन् । वैदेशिक रोजगारीमा गएका समेत १७ लाख ९७ हजार ६४० श्रमिक कोषमा आवद्ध भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान भइसकेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours