११ मंसिर, काठमाडाैं । एन्ड्रोइड फोन चलाइरहेको बेला आइफोन चलाउन थाल्दा सुरुमा अलमल हुनसक्छ । पुरानो फोनमा भएका फोन नम्बरदेखि अन्य सामग्रीहरू आइफोनमा सार्ने कुराले तपाईंलाई तनाव दिनसक्छ । तर, चिन्ता गर्नु पर्दैन । एप्पलले आइफोनमा Move to iOS फिचर उपलब्ध गराएको हुन्छ जसले फोन प्रयोगकर्तालाई एन्ड्रोइडबाट आइफोनमा स्विच हुनका लागि सजिलो बनाइदिन्छ ।
यो एपले प्रयोगकर्तालाई आफ्नो पुरानो एन्ड्रोइड फोनमा रहेका फोटो, फोन नम्बर, मेसेज लगायतका पुराना डाटाहरु तारविना नै आइफोनमा सार्ने सुविधा दिन्छ । पुरानो एन्ड्रोइड फोनमा रहेका कुनै पनि महत्वपूर्ण डेटा नगुमाइकनै आइफोनमा सार्ने विधि यस्तो छ :
डाटा ट्रान्सफर गर्नुअघि गर्नुपर्ने काम
आफ्नो एन्ड्रोइड फोनमा वाइफाइ इन्टरनेट कनेक्ट भएको र पछिल्लो एन्ड्रोइड भर्सन अपडेट भएको निश्चित गर्नुहोस् । त्यस्तै नयाँ आइफोन पनि खोल्नुहोस् र त्यसमा पछिल्लो आइओएस भर्सन अपडेट गर्नुहोस् ।
दुवै फोनलाई चार्जमा हाल्नुहोस् ताकि डाटा ट्रान्सफरको अवधिमा ब्याट्री चार्ज नसकियोस्
तपाईंको आइफोनमा एन्ड्रोइडबाट सारिने डाटा भण्डारणका लागि पर्याप्त स्टोरेज भएको निश्चित गर्नुहोस् । यदि कम छ भने खाली गर्नुहोस् ।
त्यसपछि यसो गर्नुस् …
एन्ड्रोइड फोन खोल्नुहोस् र गुगल प्ले स्टोरमा जानुहोस् । त्यहाँ Move to iOS एप खोज्नुहोस् र त्यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।
नयाँ आइफोन खोल्नुहोस् र सेटअप सुरु गर्नुहोस् । Appa and Data स्क्रिनमा गइसकेपछि Move Data from Android अप्सन छान्नुहोस् ।
तपाईंको एन्ड्रोइड फोनमा Move to iOS एप खोलेर Continue मा ट्याप गर्नुहोस् । त्यसबेला दुवै फोनहरू चार्जमा जोड्नुका साथै नजिकै राख्नुहोस् ।
त्यसपछि तपाईंको आइफोनमा छ वा १० अंकको One time use कोड देखिनेछ, त्यो कोड आफ्नो एन्ड्रोइड फोनमा हाल्नुहोस् ।
तपाईंको आइफोनले अस्थायी वाइफाइ नेटवर्क सिर्जना गर्दछ । एन्ड्रोइड फोनबाट उक्त नेटवर्कमा जोडिनुहोस् र ट्रान्सफर स्क्रिन देखिने बेलासम्म पर्खिनुहोस्
एन्ड्रोइड फोनमा तपाईंले आइफोन सार्न सकिने मेसेज, फोटो, भिडियो, फोन नम्बर लगायतका डाटाहरुको सूची देखिनेछ । आफूले आइफोनमा सार्न चाहेको चिज छान्नुहोस् र स्थानान्तरणको प्रक्रिया सुरु गर्नका लागि next मा थिच्नुहोस् । अब एन्ड्रोइडबाट आइफोनमा डेटा स्थानान्तरणका लागि केही समय लाग्नेछ । प्रक्रिया पूरा नहुँदासम्म पर्खिनुहोस् ।
स्थानान्तरणको प्रक्रिया पूरा भएसँगै आइफोनको सेटिङ्स पूरा गर्नका लागि स्क्रिनमा देखिएको निर्देशन पालना गर्नुहोस् । साथै तपाईंका सबै फोन नम्बरहरु, मेसेज तथा अन्य डाटाहरु स्थानान्तरण भए नभएको हेर्नुहोस् । यदि भएको छैन भने निश्चित फाइल छानेर ट्रान्सफर गर्नुहोस् ।
यदि उक्त स्थानान्तरण प्रक्रियामा कुनै समस्या आएमा दुवै फोन रि स्टार्ट गर्नुहोस् र डाटा ट्रान्सफरको प्रक्रिया पुनः सुरु गर्नुहोस् । त्यस क्रममा Smart Network Switch लगायतका कुनै सेटिङ्स खुला भएमा बन्द गर्नुहोस् । साथै एन्ड्रोइड फोनमा मोबाइल डाटा पनि बन्द गर्नुहोस् ।
+ There are no comments
Add yours