यू-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

११ मंसिर, काठमाडौं। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ।

क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको छ, एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण हो। यू-१९ क्रिकेट पनि हाम्रो प्राथमिकतामा छ, युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएको छ।’ ‌पारसले दबाव नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए।

एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ। टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्वखेलाडी शक्ति गौचन छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours