११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले मंगलबार पठाओमा आएर सर्वोच्चको बोर्डमा कालो छ्यापेको प्रहरीले जनाएको हो।
रामेछाप मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको उनले बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए ।अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन्।
यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन्। सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाएका थिए।
सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो।
+ There are no comments
Add yours