११ मंसिर, काठमाडाैं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष ०८०र८१ मा तोकिएको बिमा शुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्यहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्ज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरू सम्मानित भइसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशमा पनि निरन्तर कार्यक्रम गर्दै जाने जानकारी गराए ।
उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ता यस कार्यक्रममा छनोट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।
समारोहमा सिइओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले सिइओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।
+ There are no comments
Add yours