१० मंसिर, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेश अन्तर्गत सीईओ क्लबका सदस्यहरूलाई सम्मान गरेको छ ।
काठमाडौंस्थित स्मार्ट दरबारमा आयोजित कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य बन्न सफल अभिकर्तालाई सीईओ क्लब सदस्यता वितरण गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल अभिकर्ता, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेश प्रमुख एवं शाखा प्रमुखहरू सहभागी थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बागमती प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम द्वितीय र तृत्तिय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरेका थिए ।
यसैगरी प्रमुख कार्यकारी अधिकृत खत्रीले बागमती प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।
+ There are no comments
Add yours