१० मंसिर, नयाँदिल्ली । भारतको दिल्ली ट्राफिक पुलिसले लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ। ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाइ गरिरहेको छ ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टोबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा एक लाख ६४ हजार सवारीसाधनबाट १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।
नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यस बाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् ।
१३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा दिल्ली सीमाबाट फिर्ता गरिएको थियो ।
+ There are no comments
Add yours