०९ मंसिर, काठमाडाैं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको लागि तय भएको अन्तरवार्ता सकिएको छ ।
छनौट समितिका अनुसार आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित थिए। उनीहरूको अन्तरवार्ता सकिएको छ।
अर्थ मन्त्रालयमा आज भएको अन्तरवार्तामा दुई जना मात्र उपस्थित भएका थिए। तत्कालीन बिमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईँ यस पटक पनि उपस्थित नभएको बताइएको छ ।
+ There are no comments
Add yours