मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशतका दरले लाभांश वितरण गर्ने

०९ मंसिर, काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने छ । जसमध्ये ९.५०७९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours