सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो

०७ मंसिर, काठमाडाैँ । सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुन शुक्रबार १५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६८४.८७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९२ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours