०७ मंसिर, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले निर्धारित समयअनुसार कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा छन् । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ ।
+ There are no comments
Add yours