काठमाडौंका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन

०७ मंसिर, काठमाडाैँ । काठमाडौंका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ।

नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर र ललितपुरको सिमानास्थित बालकुमारीमा कार्यक्रम गर्दै छन्।

ट्राफिक व्यवस्थापनका लागी काठमाडौंको ११३ स्थानमा डाइभर्सन प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमा प्रसाद चतुर्वेदीले बताए। ३ ठाउँको कार्यक्रमको ट्राफिक व्यवस्थापनका लागि ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।

दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम छ। सो क्षेत्रमा प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ। दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको एसएसपी चतुर्वेदीले बताए।

ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वर–बालकुमारी क्षेत्रमा सकभर सवारी नरोक्ने योजना बनाएको छ। प्रदर्शनमा सहभाागीहरुको चापलाई ध्यान दिएर आवश्यकता अनुसार सवारी डाइभर्सन गरिने एसएसपी चतुर्वेदीले बताए। उनले भने, ‘सहभागिताको चापलाई हेरेर सवारी डाइभर्सन गरिन्छ, माइतीघर मण्डलामा सकेसम्म डाइभर्सन गर्दैनौँ।’

नेकपा एमालेको र्‍याली ११ बजेबाट भद्रकालीबाट सुरु हुँदै छ। र्‍याली सुरु भएसँगै आवश्यक स्थानमा डाइभर्सन गर्दै लगिने एसएसपी चुतर्वेदीले जानकारी दिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours