लाभांश पारित गर्न सुपरमाई हाईड्रोपावरले डाक्यो साधारण सभा

०४ मंसिर, काठमाडाैं । सुपरमाई हाईड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २८ गते लिसरा रिसेप्सन्स्, नक्साल काठमाडौँमा सभा बोलाएको हो । सभा दिनको ४ बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८०\८१ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, २०८१\८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

दशौँ बार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours