अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा १ अर्ब जम्मा

०४ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा गरेको छ ।

गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढी–पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours