४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

०३ मंसिर, काठमाडौं। लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ ।

सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको हो ।

उच्च अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ आत्तिकमा आन्तरिम आदेश जारी भएको थियो ।

ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

यसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।

आयोगले आइतबार यसबारे निर्णय गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours