ललितपुर मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो सातादेखि

०२ मंसिर, काठमाडौं । तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गते बाट हुने भएको छ ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना र बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियता बाहेक), यु–१७ ब्वाइज र गर्ल्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

यु–१७ तर्फ ब्वाइज तथा गर्ल्स एकलमा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । मास्टर ४५ माथिका पहिलोले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउनेछ ।

४ दिन सम्म संचालन हुने प्रतियोगितामा देशभरका गरी ३०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours