बाइडेनसँगको भेटमा सी जिनपिङले भने- ट्रम्पसँग मिलेर काम गर्छौं

०२ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र जो बाइडेनले शनिबार पेरुमा भएको वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा एक अर्कासँग भेटवार्ता गरेका छन् ।

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पछिल्लो भेटमा सीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भेटमा सी जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई पनि स्वीकार गर्दै व्यापार र ताइवानसँग सम्बन्धी मुद्दाहरूमा तनाव कम गर्न पनि छलफल गरेका थिए।

यता विश्लेषकहरूले भने अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पको कार्यकाल सुरु भएपछि चीन र अमेरिकाबीचको तनाव बढ्न सक्ने अनुमान गरेका छन् ।

ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका छन् । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भनेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours