त्रिजटालाई अर्घ दिने मन्त्र।

०१ मंसिर, काठमाडाैँ । आज मिति २०८१ मंसीर १ गते शनिबार मार्गशीर्ष {मंसिर } कृष्णपक्ष प्रतिपदा {परेवा }तिथि यो दिन त्रिजटालाई अमिलो फलद्वारा यो मन्त्र पढ्दै अर्घ्य दिने गर्नुपर्दछ।

रामाय वरदे देवि सितायै प्रियवादिनि।
गृहाणार्घ्यं मया दत्तं त्रिजटायै नमो नम ://

अर्थात् रामबाट बरदान प्राप्त गरेकी,सितालाई मिठोबोल्ने भएकी देवि त्रिजटा मैले दिएको अर्घ्य स्वीकार गर्नुहोस् भनि नमस्कार गर्दछु।

त्रिजटा जाम राच्छसी एका ।
राम चरन रति निपुन बिबेका ।।

(रा.च.मा ५। ११ । १) पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours