महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई भारत एनक्यापले दियो ५ स्टार रेटिङ

३० कार्तिक, काठमाडौँ । भारत एनक्यापले महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई ५ स्टार रेटिङ दिएको छ । सो एसयूभीले फ्रन्टल अफसेट वेरियर परीक्षणमा, चालक र यात्रुको टाउको, घाँटी र माथिल्लो खुट्टालाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ ।

यसले ड्राइभरको छाती र खुट्टालाई पर्याप्त सुरक्षा तथा यात्रुको छाती र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । एसयूभीले वयस्क सुरक्षाका लागि २९.३६ अंक र बालबालिका सुरक्षाका लागि ४३ अंक प्राप्त गरेको छ ।

एसयूभीले साइड मुभेबल ब्यारियर र साइड पोल इम्प्याक्ट टेस्टमा बस्नेहरूलाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । भारत एनक्यापले यसको दुर्घटना सुरक्षा मूल्याङ्कनका लागि एएक्स७ एल र एमएक्स२ भेरिएन्टलाई परिक्षण गरेको हो । एसयूभीको सबै भेरिएन्टमा फ्रन्ट एयरब्याग, साइड हेड कर्टेन एयरब्याग, साइड चेस्ट र साइड पेल्भिस एयरब्याग राखिएको छ ।

अन्य सुरक्षा सुविधाहरूमा सीट बेल्ट प्रि–टेन्सनर्स तथा लोड लिमिटर, सीट बेल्ट रिमाइन्डरहरू, ईएससी र आइएसओफिक्स समावेश छन् । एक्सयूभी थ्रीएक्सओ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours